दुबईमा खुल्यो विश्वकै गहिरो डाइभ पुल
एजेन्सी। संसारको सबैभन्दा गहिरो डाइभ पुल दुबईमा खुलेको छ । ६० मिटर (१९६ फिट) गहिराई सहित खोलिएको यो पुल दुबईमा पर्यटकलाई आकर्षित गर्न खोलिएको हो। यो पुलमा १४ लाख लिटर पानीले भरिएको छ। यस पुलमा अहिलेको लागि निमन्त्रित व्यक्तिहरू मात्र जान पाएका छन् तर अर्को वर्ष देखि सर्वसाधारणको लागि पनि खुल्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्