काठमाडौं। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान)ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पुर्याउने उद्देश्यले ‘बन्दीपुर फेष्ट २०२०’को आयोजना गर्ने भएको छ।
आज एक पत्रकार सम्मेलनको आयोजना गरेर रेबानले पर्यटकीय स्थल बन्दीपुरमा उक्त महोत्सव १७ र १८ माघमा गर्न लागेको जानकारी दिएको हो।
रेबान पोखरा, रेबान सौराहा तथा केन्द्रीय रेबानले पनि रेष्टुरेन्ट व्यवसायको अभिवृद्धि गरी खाना प्रवर्द्धनको विविध कार्यक्रमहरू आयोजना गरिरहेको रेबानले जानकारी गराएको छ।
पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवर्द्धन पनि हुने र काठमाडौं, पोखरा, सौराहाका रेष्टुरेन्ट व्यवसायीहरू र बन्दीपुरका पर्यटक व्यवसायीहरूबीच सद्भाव बढाउने उद्देश्यले पनि बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहितको खाना महोत्सव आयोजना गर्न लागेको रेबानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए।
उनका अनुसार यस कार्यक्रमको मुख्य प्रायोजक गोर्खा ब्रुअरी, प्रायोजकहरूमा जावलाखेल ग्रुप अफ कम्पनी, नेपाल डिस्टिलरी रहेको छ।
खाना तथा बस्नको लागि यो महोत्सवमा छुटको व्यवस्था समेत हुने रेबानले जानकारी गराएको छ। नेपाल आइडलमा गत वर्षका फाइनलिष्ट तथा गायक निशान भट्टराईलगायत अन्य कालाकारको विशेष प्रस्तुति समेत हुने आयोजकले जानकारी गराएको छ।