बालिकासँग 'सेक्स'बारे कुरा गर्ने कन्डक्टरलाई एक वर्षको सजाय
एजेन्सी। भारतको मुम्बईको विशेष अदालतले १३ वर्षकी बालिकासँग 'सेक्स'को बारेमा कुरा गरेको आरोपमा बस कन्डक्टरलाई एक वर्षको सजाय सुनाएको छ। अदालतले आरोपित चन्द्रकान्त सुदाम कोलीलाई एक वर्षको सजाय र १५ हजार रुपैयाँ जरिमाना तिराएको हो। २०१८ मा पूर्वी उपनगरकी यी बालिका बसमा यात्रा गर्दा एक्लै पाएपछि उनीसँग बस कन्डक्टरले 'सेक्स'को बारेमा कुराकानी गरेका थिए।
प्रतिक्रिया दिनुहोस्