उत्तर प्रदेशमा योगी सरकारको नयाँ कानुन तयारः दुईभन्दा बढी सन्तान भए सरकारी जागिर नपाइने एजेन्सी। भारतको उत्तर प्रदेशको योगी आदित्यनाथको सरकारले जनसंख्या नियन्त्रणको कानुन तयार गरेको छ। उक्त कानुनकाअनुसार दुईभन्दा बढी सन्तान जन्माउने आमाबुबालाई सरकारी जागिर नदिने व्यवस्था गरिएको छ। कानुन पास भएर जारी भएमा दुईभन्दा बढी सन्तान जन्माउने आमाबुबाले सरकारी जागिर पाउने छैनन्। यो कानुन २१ वर्षभन्दा माथिको युवक र १८ वर्षभन्दा माथिकी युवतीमाथि लागु हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्