कांग्रेसको चेतावनी- ‘सभामुख चयन प्रक्रिया संवैधानिक व्यवस्थाअनुसार नभए सह्य हुँदैन’
काठमाडौं। नेपाली कांग्रेसले सभामुख चयन प्रक्रिया छिटै शुरू गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई आग्रह गरेको छ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकले ६ माघबाट शुरू हुने भनिएको प्रतिनिधि सभा बैठकबाट नै सभामुख चयन प्रक्रिया थाल्न आग्रह गरेको हो।

साथै संविधानमा भएको व्यवस्थाअनुसार फरक दल र फरक लिंगको आधारमा सभामुख र उपसभामुख चयन नभए सह्य नहुने कांग्रेसले चेतावनीसमेत दिएको छ।

राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले कांग्रेसले सभामुख चयनका विषयमा सत्तारुढ दलसँग छलफल पनि जारी रहेको बताए। उनका अनुसार नेकपासँगको छलफलपछि मात्रै उम्मेद्वार उठाउने/नउठाउने निर्णय गरिनेछ।

यस्तै बैठकले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेको समयमा भएको एमसीसी सम्झौता संसदबाट पारित हुनुपर्ने माग गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्