देश विरोधी गतिविधि गरेको भन्दै भारतमा ११ कर्मचारीलाई बर्खास्त
एजेन्सी। भारतको जम्मू कश्मीर प्रशासनको सरकारी विभागमा काम गर्ने ११ कर्मचारीलाई बर्खास्त गरिएको छ। उनीहरूले देश विरोधी गतिविधिमा सामेल भएको भन्दै बर्खास्त गरिएको हो। बर्खास्त हुने कर्मचारीहरूमा पाकिस्तानमा रहेर आतंकवादी संगठन चलाउने सैयद सलाहुद्दीनका दुई छोराहरू पनि रहेका छन्।
प्रतिक्रिया दिनुहोस्