अमेरिकामा गर्मीको नयाँ रेकर्ड, डेथ भ्याल्लीमा ५४ डिग्री तापक्रम एजेन्सी। अमेरिकाका केही राज्यमा तापक्रममा उच्च वृद्धि भएको छ। क्यालिफोर्निया र नेभाडामा तापक्रमले नयाँ रेकर्ड कायम गरेको छ। क्यालिफोर्नियाको डेथ भ्याल्लीमा ५४.४ डिग्री सेल्सियस तापक्रम नापिएको छ। डेथ भ्याल्लीमा २०२० अगस्टपछि सबैभन्दा बढी तापक्रम पुगेको हो। अमेरिकाका लाखौं मानिसहरु भीषण गर्मीको चपेटामा परेका छन्। सो क्षेत्रका स्थानीयबासीलाई घरभित्रै बस्न र सकेसम्म बढी पानी पिउन सल्लाह दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्