पहिरोले साँफे–मार्तडी राजमार्ग अवरुद्ध मार्तडी।अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्ग पुनःअवरुद्ध भएको छ।केही दिनदेखि सञ्चालनमा आएको राजमार्ग वर्षाका कारण सडकमाथिबाट आएको पहिरोका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।राजमार्ग अन्तर्गत बल्दे, अम्कोट,द्वारी र ओलेनामा ठूलो पहिरो आएर अवरुद्ध बनेको छ।सो क्षेत्रमा ठूलो पहिरो आएको र पन्छाउनका लागि स्काभेटर तयार रहेको भए पनि पानी नरोकिएका कारण सडक खुलाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्