राष्ट्रपतिसँग जापानी उपमन्त्रीको भेट <p>काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका मित्र राष्ट्र जापानका परराष्ट्र मामिला मन्त्रालयका उपमन्त्री नाकायामा नोरिहातोले आज शिष्टाचार भेट गरेका छन्।</p> <p>राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटका अवसरमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्