साउन ९ गतेदेखि सञ्चालन हुँदै चिकित्साशास्त्र अन्तर्गत स्नातक तहको प्रवेश परीक्षा
काठमाडौं। चिकित्साशास्त्र तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा ९ साउनदेखि सुरु हुने भएको छ। चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराम लुइँटेलले परीक्षा ९ साउनदेखि ५ दिन सञ्चालन हुने बताए। काठमाडौँ, धरान, पोखरा, चितवन र नेपालगञ्जमा परीक्षा केन्द्र तोकिएको छ। परीक्षाका लागि ३२ हजार ८ सय बढी परीक्षार्थीले फारम भरेका छन्। सबैभन्दा बढी परीक्षार्थी एमबीबीएसमा रहेको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्