अन्ततः ट्विटरले मान्यो भारतको नयाँ कानुन
एजेन्सी। लामो समयसम्म असहमति जनाएपनि भारत सरकारले ल्याएको प्रविधिको नयाँ कानुन ट्विटरले मान्ने भएको छ। ट्विटरले भारतको नयाँ नियमअनुसार भारतीय प्रयोगकर्ताको गुनासो सुन्न स्थानीय अधिकारी विनय प्रकाशलाई समेत नियुक्त गरिसकेको छ। यसअघि प्रयोगकर्ताको समस्या समाधानका लागि अमेरिकाको मुख्यालयको निर्णय कुर्नुपथ्र्यो। अब भने भारतीय अधिकारीले नै समस्याको सम्बोधन गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्