शिक्षकहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग काठमाडौं। राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले शिक्षकका लागि तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेकी छन् । आइतबारको बैठकमा बोल्दै उनले शिक्षकहरू ‘नो भ्याक्सिन, नो स्कुल’ भनेर आन्दोलित रहेकाले सरकारले ध्यान दिनुपर्ने बताइन्। कोभिड महामारीका कारण विद्यालय बन्द रहेका र सामुदायिक विद्यालयले भर्चुअल माध्यममा सबै विद्यार्थी समेट्न नसकेको उनले बताइन्। शिक्षालाई तहसनहस हुनबाट जोगाउनुपर्ने उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्