स्पेस टुरिजममा नयाँ फड्को, बेलायती व्यवसायी ब्रेन्सन घुम्नलाई अन्तरिक्ष जाँदै
एजेन्सी। बेलायती व्यवसायी रिचर्ड ब्रेन्सनआइतबार अन्तरिक्षमा घुम्नका लागि जाँदैछन्। उनको यो उडान सफल भएमा उनको कम्पनी वर्जिन अन्तरिक्षले व्यवसायीक रूपमै स्पेस टुरिजमको सुरुवात गर्ने बताइएको छ। उनीसँगै यो यात्रामा पाँच जना जाने बताइएको छ। उनी हरु एक साता अन्तरिक्षमा घुम्नेछन्। ब्रेन्सनको यो यात्रा सफल भएमा यसले स्पेस टुरिजममा नयाँ उचाइ लिने अन्तरिक्षसँग जोडिएका व्यक्तिहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्