अफगानिस्तानमा बढिरहेको तालिबान वर्चस्वलाई लिएर विभिन्न देशको आपत्ति एजेन्सी। अफगानिस्तानमा निरन्तर बढिरहेको तालिबानको वर्चस्वलाई लिएर अमेरिका, रुस र भारतसहित विभिन्न देशले आपत्ति जनाएका छन्। हाल अफगानिस्तानमा तालिबानले देशको ८५ प्रतिशत भागमा कब्जा जमाएको बताएको छ। तालिबानका प्रवक्ता सुशील शाहीले साउथ चाइना मर्निङ पोस्टलाई अन्तर्वार्तामा यस्तो बताएका हुन्। बढ्दो तालिबानी वर्चस्वलाई लिएर आतंकवाद मौलाउने भन्दै विभिन्न देशले आपत्ति जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्