भारतको उत्तर प्रदेशमा अलकायदाको आतंक, दुई आतंकवादी पक्राउ
एजेन्सी। भारतको लखनउको काकोरी क्षेत्रको दुबग्गामा उत्तर प्रदेशको आतंकवादविरुद्धको सेनाले पाँच घण्टाको अपरेसन चलाएको छ। अधिकारीहरूलाई एक ग्यारेजमा अलकायदाका आतंकवादीहरु लुकेको खबर आएपछि खोजी कार्य सञ्चालन गरिएको हो। यसबीच २ जना आतंकवादीहरुलाई पक्राउ गरिएको छ भने भारी मात्रामा गोली तथा बारुद पनि बरामद गरिएको छ। उत्तर प्रदेशका अधिकारीका अनुसार यी आतंकवादीहरुले सिरियल विस्फोटको योजना बनाइरहेका थिए।
प्रतिक्रिया दिनुहोस्