विन्डोज ११ मा वर्षेनी नयाँ फिचर आउने एजेन्सी। सफ्टवेयर कम्पनी माइक्रोसफ्टले विन्डोज ११ मा वर्षेनी नयाँ फिचर आउने बताएको छ। प्रयोगकर्तालाई वर्षेनी कुनै न कुनै रूपमा नयाँ अपडेटको सुविधा दिने माइक्रोसफ्टले बताएको हो। सँगै मासिक रूपमा सुरक्षाका अपडेटहरू पनि दिने कम्पनीले बताएको छ। गत महिना सार्वजनिक भएको विन्डोज ११ विन्डोज १० का प्रयोगकर्तालाई निःशुल्क र नयाँ कम्प्युटर लिनेलाई प्रि-इन्स्टल गरेर दिने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्