सिंहदरबार घेर्ने क्रममा पक्राउ परेका नागरिक अभियन्ता छुटे काठमाडौं। बृहत् नागरिक आन्दोलनको आह्वानमा सिंहदरबार घेर्ने क्रममा पक्राउ परेका नागरिक अभियन्ताहरू साँझ छुटेका छन्। सिंहदरबार घेर्नेका क्रममा प्रहरीले नियन्त्रणमा लिएका २६ जना नागरिक अभियन्ताहरूलाई साँझ महेन्द्र पुलिस क्लब प्रदर्शनीमार्गबाट छाडेको हो। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध जारी आन्दोलनको समर्थनमा आइतबार बिहान ११ बजे सिंहदरबारमा धर्ना दिनै लाग्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्