आन्दोलनरत विद्यार्थी संगठनहरुलाई निगमले वार्तामा बोलायो काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्यवृद्धिविरुद्ध आन्दोलित विद्यार्थी संगठनलाई वार्तामा बोलाएको छ। निगमले आइतबार पाँच विद्यार्थी संगठनका प्रमुखहरूलाई पत्राचार गर्दै वार्तामा बोलाएको हो। पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनले चरणबद्ध आन्दोलन सुरु गरेपछि सोमबार दिउँसो एक बजेका लागि छलफलमा बोलाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। विद्यार्थी संगठनहरुले सोमबारदेखि निगमका गाडी गुड्न नदिने बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्