सडकको किनारमा भेटियो युवतीको शव
झापा। बिर्तामोडमा एक युवतीको शव भेटिएको छ। बिर्तामोड नगरपालिका–५ बस्ने २६ वर्षीया सिर्जना बस्नेतको शव उनी बस्ने घर अगाडि सडक किनारमा भेटिएको हो। सडक किनारमा शब देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। बस्नेत बिर्तामोडस्थित एक सहकारीमा कलेक्टरको रूपमा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्