तालिबानलाई पाकिस्तानस्थित भारतविरोधी संगठनको साथ !
एजेन्सी।अमेरिकी सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा तीव्र रुपमा कब्जा जमाइरहेको तालिबानलाई भारतविरोधी विद्रोही संगठन लस्कर–ए–ताइबा र जैश–ए–मोहम्मदको साथ रहेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्।२ सय भन्दा बढी समूहमा रहेका १ हजार बढी लडाकू तालिबानको साथमा अफगान सुरक्षाफौजविरुद्ध लडिरहेको दाबी गरिएको छ। यद्यपि यो दाबी पुष्टि हुने आधार भने प्रस्तुत गरिएको छैन।तालिबानले ८५ प्रतिशत भूभागमा नियन्त्रण कायम गरेको दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस्