भारतको उत्तर प्रदेशमा चट्याङबाट २८ जनाको मृत्यु
एजेन्सी।भारतको उत्तर प्रदेशमा चट्याङबाट २८ जनाको मृत्यु भएको छ।प्रयागराजमा सबैभन्दा बढी १३ जनाको मृत्यु भएको छ।उत्तर प्रदेशमा आइतबार भारी वर्षासँगै चट्याङ परेको हो।केही गम्भीर घाइते रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ।उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई ४–४ लाख आर्थिक सहयोग दिने बाचा गरेका छन्।चट्याङबाट कानपुरमा ५, फिरोजाबादमा ३,कौशांबीमा २ र मिर्जापुरमा एक जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्