क्युबाको कम्युनिष्ट सरकारविरुद्ध ऐतिहासिक विरोध प्रदर्शन बीबीसी। क्युबाको कम्युनिष्ट सरकारविरुद्ध राजधानी हवाना र अन्य सहरमा हजारौं मानिस विरोध प्रदर्शनमा उत्रिएका छन्। पछिल्लो ३० वर्षमा क्युबाको कम्युनिष्ट शासनविरुद्ध यति ठूलो प्रर्दशन नभएको दाबी स्थानीय मिडियाले गरेका छन्। प्रदर्शनकारीले स्वतन्त्रता, लोकतन्त्र र कोरोना महामारीविरुद्ध लड्न खोपको माग गरिरहेका छन्। हवानामा प्रर्दशन हिंसात्मक नहोस् भनेर सुरक्षाकर्मी तैनाथ गरिएको छ भने केही प्रदर्शनकारीहरु पक्राउ परेकोसमेत जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्