भारतको जयपुरमा मनसुनसँगै विपद्को सुरुवात
एजेन्सी। भारतको जयपुर क्षेत्रमा मनसुनको पहिलो वर्षासँगै विपद् आइपरेको छ। आइतबार साँझको भारी वर्षासँगै भएको चट्याङका कारण ११ जनाको मृत्यु भएको छ। चट्याङ जयपुरको आमेर किल्लाको ५०० मिटर उचाइमा बनेको टावरमा परेको थियो। घट्नामा १० जना घाइते भएका छन्। घट्नाको केही समयपछि उद्धार टोलीले घाइतेहरूलाई सिपिआर सहायता दिएर बचाएका छन्।
प्रतिक्रिया दिनुहोस्