भारतको उत्तर प्रदेशमा अलकायदा आतंकः निशानामा थियो राम मन्दिर एजेन्सी। भारतको उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार गिरफ्तार भएका अलकायदाका आतंकवादीहरुले राम मन्दिरलाई निशानामा राखेर आक्रमण गर्ने तयारी रहेको खुलेको छ। आइतबार आतंकवादविरुद्धको सेनाले घण्टौँसम्म अभियान चलाएर पक्राउ गरेका दुई जनालाई प्रहरीले १४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ। अनुसन्धानबाट उनीहरूले १५ अगस्टमा उत्तर प्रदेशमा सिरियल बम विस्फोटको योजना बनाएको खुलेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्