आदिकवि भानुभक्तको २०८औं जन्मजयन्ती मनाइँदै काठमाडाैं। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औं जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। रामायणलाई नेपाली भाषामा लेखेका उनले पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तले घाँसीको उपदेशबाट प्रेरित भइ साहित्यमा लागेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्