ताइवानलाई लिएर चीन–अमेरिकाबीच तनाव बढ्दा पूर्वी एसियाको शान्तिमा खतरा सीएनएन। जापानले ताइनवानलाई लिएर चीन र अमेरिकाबीच तनाब बढ्दा पूर्वी एसियाको शान्ति र स्थायित्व खतरामा परेको बताएको छ। चीन र अमेरिकाबीच झन् आर्थिक तथा प्रविधिका क्षेत्रमा प्रतिस्पर्धा बढ्दा पूर्वी एसियामा चुनौतीहरु थपिएको जापानको वार्षिक रक्षा श्वेतपत्रमा उल्लेख छ।“अहिलेसम्मकै सबैभन्दा संवेदनशील अवस्थाको महसुस हामीले गरेका छौं,”श्वेतपत्रमा भनिएको छ। पछिल्ला चीनले ताइवान वरपर सैनिक गतिविध उल्लेख्य रुपमा वृद्धि गरेकोसमेत जापानले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्