नेपाल र अमेरिकाबीच लामो सहकार्य छ : अमेरिकी विदेशमन्त्री ब्लिङ्कन काठमाडौं।अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्कनले नेपाल र अमेरिकाबीच लामो सहकार्य रहेको बताएका छन्।अमेरिकाले नेपाललाई प्रदान गरेको कोरोनाविरुद्धको खोप नेपाल पुगेपछि उनले यस्तो धारणा राखेका हुन्।अमेरिकाले जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ।हामीबीच रहँदै आएको लामो सहकार्य अहिले खोप आदानप्रदानमा मुखरित भएको छ।यसले नेपाली जनतालाई महाविपत्तिका बेला थप सुरक्षित राख्न मद्दत गर्ने छ”,ब्लिङ्कनले ट्वीटरमा लेखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्