पानामा पठाउँछु भनी १८ लाख ३५ हजार ठगी
काठमाडौं।वैदेशिक रोजगारीका लागि पानामा पठाउँछु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा टोखा नगरपालिका–१० बस्ने उदयपुर घर भएका लोकबहादुर राउत छन्।उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। राउतले पानामा पठाउँछु भनेर नक्कली ई–भिसा समेत बनाई पीडितबाट पटकपटक गरी १८ लाख ३५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। प्रहरीले टोखा नगरपालिका–१० सामाखुसीबाट उनलाई पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्