पब्लिक अस्पताल बन्यो नर्भिक, आइपिओ पनि खुल्दै
काठमाडौं। नर्भिक इन्टरनेसनल हस्पिटल प्राइभेट अस्पतालबाट पब्लिक अस्पतालमा परिणत भएको छ। अस्पतालको पुरानो नामलाई हटाई सोही नामबाट नामबाट पब्लिक अस्पताल सञ्चालन हुने अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए। भविष्यमा सेवा विस्तार गर्ने र आफ्नो काममा जनसहभागितालाई पनि जुटाउने अस्पतालले निर्णय गरेको छ। साथै, अस्पताल पब्लिक कम्पनीमा रूपान्तरण भएपछि सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) समेत निष्कासन गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्