छुट्टाछुट्टै ग्रेडको सिमेन्टका लागि छुट्टै मापदण्ड
काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि छुट्टै मापदण्ड बनाएको छ। नेपाल गुणस्तर परिषद्को १०२ औँ बैठकले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि नयाँ मापदण्ड स्वीकृत गरेको हो।

यसअघिसम्म सबै सिमेन्टको मापदण्ड एउटै थियो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा ३ माघमा सिंहदरबारमा बसेको बैठकले नेपाल गुणस्तरलाई परिमार्जनसहित स्वीकृत गरेको हो।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ३३ ग्रेडका लागि एउटा र ४३ तथा ५३ ग्रेडका लागि अर्को मापदण्ड स्वीकृत गरेको जानकारी दिए।

बैठकको निर्णयसँगै अब उद्योगीले सरकारी मापदण्ड पूरा गरेको अवस्थामा ४३ र ५३ ग्रेड लेख्न पाउने भएका छन्। “सरकारले छुट्टै मापदण्ड बनाएको छ, त्यो पूरा गर्ने उद्योगीले ४३ र ५३ ग्रेड लेख्न पाउँछन्”, महानिर्देशक पुडासैनीले भने। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्