विद्यार्थी संगठनहरुले भोलिदेखि पेट्रोल पम्प र ढुवानी बन्द गर्ने
काठमाडौं। संयुक्त विद्यार्थी संगठनले इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा बुधबारदेखि इन्धन वितरणमा रोक लगाउने घोषणा गरेको छ। विद्यार्थी संगठनहरुले पूर्वघोषित आन्दोलनबमोजिम असार ३० देखि देशभरका पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र ढुवानी ट्याङ्करहरू बन्द गर्ने जनाएका हुन्। उनीहरूले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्षलाई ध्यानाकर्षण गराउँदै पेट्रोल पम्प र ढुवानी ट्याङ्करहरू बन्द गरी आन्दोलनमा सहयोग गर्न आह्वान समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस्