दक्षिण अफ्रिकामा हिंसा भड्कियो, ४५ जनाको मृत्यु
बीबीसी।दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोभ जुमालाई जेल चलान गरेपछि हिंसा भड्किएको छ।हिंसामा कम्तिमा ४५ जनाको मृत्यु भएको छ।सेबेटोस्थित एक सपिङ मलमा लुटपाटपछि भागदौड हुँदा १० जनाको मृत्यु भएको छ। दक्षिण अफ्रिकामा हिंसासँगै लुटपाटका घटना भएका छन्।बिहीबारबाट दक्षिण अफ्रिकाका सहरहरुमा पूर्वराष्ट्रपति जुमाका समर्थकहरुले हिंसात्मक प्रदर्शन सुरु गरेका हुन्।सन् १९९० को दशकपछि अहिले दक्षिण अफ्रिकामा सबैभन्दा ठूलो हिंसात्मक घटना भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्