दक्षिण अफ्रिकामा हिंसा नियन्त्रण गर्न सुरक्षाकर्मीलाई सकसः ७० जनाको मृत्यु, १२ सयभन्दा बढी गिरफ्तार
सीएनएन।गत बिहीबारदेखि दक्षिण अफ्रिकामा सुरु भएको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न सुरक्षा निकायलाई हम्मेहम्मे परेको छ।पूर्वराष्ट्रपति ज्याकोब जुमालाई अदालतको मानमानी मुद्दामा दोषी ठहर गर्दै १५ महिना जेल पठाएपछि उनका समर्थकले हिंसात्मक प्रदर्शन गरेका हुन्।प्रदर्शनमा हालसम्म ७० जना मारिएका छन्।हिंसात्मक प्रदर्शन गर्ने १ हजार २ सयभन्दा बढीलाई गिरफ्तार गरिएको छ।हिंसात्मक प्रर्दशनका क्रममा ठूला र पसलमा आगलागी गरिनुका साथै लुटपाट मच्चाइएको छ।
प्रतिक्रिया दिनुहोस्