देहरादुनको शेल्टरमा रहेका चार नेपाली महिलालाई परिवारसमक्ष बुझाइयो
काठमाडौं।भारतको देहरादुनको शेल्टर हाउसमा लामो समयदेखि रहेका चार नेपाली महिलालाई उनीहरुको परिवारसमक्ष बुझाइएको छ।टाइम्स अफ इण्डियाका अनुसार उनीहरु देहरादुनको बालिका निकेतन र नारी निकेतन शेल्टरमा रहेका थिए।नयाँदिल्लीस्थित नेपाली दूतावासले अनुमति दिएपछि उनीहरुलाई मंगलबार परिवारको जिम्मा लगाइएको हो।चारमध्ये दुई जना महिला मानसिक रोगबाट पीडित रहेको बताइएको छ।रोल्पाकी १७ वर्षीय, दाजुर्चलाकी १९ वर्षीय,कञ्चनपुरकी ३२ वर्षीय र सुनसरीकी ३० वर्षीया महिला छन्।
प्रतिक्रिया दिनुहोस्