कश्मीरमा लश्कर–ए–तैयबाका कमाण्डर मारिए
एजेन्सी। भारतको दक्षिण कश्मीरको पुलवामा लश्कर–ए–तैयबाका कमाण्डर अबू हुरैरासहित तीन जना मारिएका छन्। मंगलबार राति भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा उनीहरु मारिएका हुन्। भारतीय सुरक्षाकर्मीले उनीहरु अप्रेसनको सिलसिलामा जवाफी कारबाहीमा मारिएको बताएको छ। लश्करका लडाकुले पहिला गस्तीमा हिँडेका सुरक्षाकर्मी माथि गोली चलाएका थिए। त्यसपछि भारतीय सुरक्षाकर्मी जवाफी फायरिङ गरेको जनाइएको छ। उनीहरुबाट ठूलो मात्रामा हतियार बरामद भएको सुरक्षाकर्मीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्