द्वन्द्वकालीन मुद्दा टुंग्याउन नेकपा र कांग्रेसका शीर्ष नेताबीच सहमति

" /> द्वन्द्वकालीन मुद्दा टुंग्याउन नेकपा र कांग्रेसका शीर्ष नेताबीच सहमति

"> सत्य निरुपणकाे अध्यक्षमा भट्ट र बेपत्ता छानबिन आयोगमा सुवेदी सिफारिस: Dekhapadhi
सत्य निरुपणकाे अध्यक्षमा भट्ट र बेपत्ता छानबिन आयोगमा सुवेदी सिफारिस
काठमाडौं। सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा गणेशदत्त भट्ट र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा युवराज सुवेदी सिफारिस भएका छन्।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित सिफारिस समितिले आज सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीका लागि नाम सिफारिस गरेको हो।

समितिले मेलमिलाप आयोगको सदस्यमा प्रचण्डमान श्रेष्ठ, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरेको छ।

गौतम, दाहाल र पोखरेल नेकपाका तर्फबाट सिफारिसमा परेका व्यक्ति हुन् भने अध्यक्षमा सिफारिस भएका भट्ट र श्रेष्ठ नेपाली कांग्रेसका तर्फबाट सिफारिसमा परेका हुन्।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा भने अध्यक्षमा सिफारिस भएका सुवेदी र सदस्यमा सिफारिस भएका विष्णु भण्डारी नेकपाका तर्फबाट सिफारिस भएका हुन्। त्यस्तै सदस्यमा सिफारिस भएका सुनिलरञ्जन सिंह, डा. गंगाधर अधिकारी र सरिता थापा कांग्रेसका तर्फबाट सिफारिसमा परेका हुन्।

पढ्नुहाेस्ः

द्वन्द्वकालीन मुद्दा टुंग्याउन नेकपा र कांग्रेसका शीर्ष नेताबीच सहमति

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्