एक वर्षपछि भौतिक उपस्थितिमै भारतको मन्त्रिपरिषद् बैठक एजेन्सी। भारतको मन्त्रिपरिषदको बैठक एक बर्षपछि मात्रै भौतिक रुपमा बसेको छ। कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको छ। मन्त्रिपरिषदमा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री निवासमै बैठक बसिएको हो। बैठकमा विषेशगरी आगामी संसद अधिवेशनका बारेमा छलफल भएको बताइएको छ। भारतको संघीय संसदको बर्षे अधिवेशन जुलाई १९मा सुरु भइ अगस्ट १३मा अन्त्य गर्ने तय गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्