अमेरिकामा पासपोर्ट संकट, नयाँ पासपोर्ट लिन साढे चार महिना कुनुपर्ने
सीएनएन।कोरोना महामारीले लामो समय कामहरु ठप्प हुँदा अमेरिकामा पासपोर्ट वितरणमा संकट आएको छ।ठूलो संख्यामा पासपोर्टको लागि आवेदन परेपछि संकट आएको हो।अमेरिकी स्टेट डिपार्टमेन्टले पासपोर्टका लागि १० लाखभन्दा बढीले आवेदन दिएका छन्।“पासपोर्ट नयाँ लिन वा नवीकरण गर्न कम्तिमा पनि १८ साता कुर्नुपर्ने हुन्छ”,पासपोर्ट सेवाकी उपसहायक सचिव राचेल आर्डन्टले भनिन्।द्रुतसेवा अन्तर्गत लिन चाहनेले ६० डलर तिरेर १२ सातामा लिनसक्ने उनले बताइन्।
प्रतिक्रिया दिनुहोस्