ताजिकिस्तानमा चीन र भारतीय विदेशमन्त्रीबीच वार्ता, एकतर्फी हुने सीमा परिवर्तन अस्वीकार्य बीबीसी।चीनका विदेशमन्त्री वाङ्ग यी र भारतीय विदेशमन्त्री एस.जयशंकरबीच ताजिकिस्तानको राजधानी दुशान्बेमा भेटवार्ता भएको छ।शाङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को बैठकमा सहभागी हुने क्रममा उनीहरुबीच भेटवार्ता भएको हो।भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटरमा लेखेका छन्,“चिनियाँ समकक्षीसँग एक घण्टा द्विपक्षीय वार्ता भयो। भेटवार्तामा पश्चिम सेक्टरसँग जोडिएका मुद्दामा छलफल भयो।” बैठकमा चीन–भारत सीमाको यथास्थितिमा एकतर्फी हुने परिवर्तन स्वीकार्य नहुनेमा दुवै देशका मन्त्रीले सहमति जनाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्