अन्न भण्डार खाली भएपछि किम जोङ–उनले राष्ट्रसंघलाई लेखे पत्र, प्रतिबन्ध हटाउन माग
एजेन्सी।उत्तर कोरियाले देशमा अनिकाल सुरु भएको पहिलोपटक स्वीकारेको छ।सर्वोच्च नेता किम जोङ–उनले संयुक्त राष्ट्रसंघलाई पत्र लेखी आफ्नो भण्डार लगभग खाली भएको र ठूलो भोकमरीको सामना गर्नुपर्ने अवस्था सृजना भएको बताएका छन्।राष्ट्रसंघले लगाएको प्रतिबन्धका कारण देशमा यस्तो अवस्था सृजना भएको उल्लेख गर्दै प्रतिबन्ध हटाउन माग गरेका छन्। उत्तर कोरियाले परमाणु हतियारको परीक्षण गरेपछि सन् २०१७ मा राष्ट्रसंघले प्रतिबन्ध लगाएको थियो।
प्रतिक्रिया दिनुहोस्