इजरायलमा दूतावास खोल्ने पहिलो खाडी राष्ट्र बन्यो युएई एजेन्सी।युनाइटेड अरब इमिरेट्स (युएई)ले इजरायलमा दूतावास खोलेको छ।इजरायलमा दूतावास खोल्ने युएई पहिलो खाडी राष्ट्र बनेको छ। दूतावास उद्घाटनमा इजरायलका राष्ट्रपति इसाक हर्गोजी पनि उपस्थित थिए। यसलाई इजरायलको ठूलो कूटनीतिक जितको रुपमा हेरिएको छ।खाडीका मुस्लिम राष्ट्रसँग सम्बन्ध राम्रो नभएको इजरायलले पछिल्ला वर्षमा सम्बन्धमा सुधार ल्याएको छ। प्यालेस्टाइन भूमि अतिक्रमण गरेको भन्दै खाडी राष्ट्रले इजरायल दुश्मनलाई गर्ने व्यवहार गर्दै आएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्