हिन्द प्रशान्त क्षेत्रका देशसँग सम्बन्ध मजबुत बनाउन अमेरिकी संसदमा विधेयक पेश
एजेन्सी।अमेरिकी सांसद जो आक्किन कास्त्रोले हिन्द प्रशान्त क्षेत्रका देशसँग सम्बन्ध मजबुत बनाउन संसदमा विधेयक पेस गरेका छन्।यो विधेयकमा हिन्द प्रशान्त क्षेत्रका भारत,जापान,अष्ट्रेलिया लगायतका देशसँग सम्बन्ध कसरी मजबुत बनाउने भन्ने उल्लेख छ।यस क्षेत्रसँग अमेरिकाको राजनीतिक,आर्थिक र सुरक्षा जोडिएका कारण विशेष रुपमा विधेयक ल्याइएको बताइएको छ।विधेयकमा हिन्द प्रशान्त क्षेत्रका देशमात्र नभइ समाज र निजी क्षेत्रसँग पनि सम्बन्ध विस्तार गर्ने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्