पहिरोको कारण सिद्धार्थ राजमार्ग र पूर्व–पश्चिम राजमार्ग अवरुद्ध काठमाडौं।पाल्पाको रम्भा गाउँपालिका–३ सितापहाड नजिकै सिद्धार्थ राजमार्गमा ढुङ्गासहितको सुक्खा पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ। प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले अवरुद्ध सडक खुलाउन पहल गरिरहेको छ। यस्तै, कपिलवस्तुको शिवराज नगरपलिका–१ पैराखोलास्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान लेदोसहितको पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले सडक डिभिजन कार्यालय चन्द्रौटासँगको समन्वयमा सडक खुलाउन पहल गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्