बैतडीमा साउन १५ गतेसम्म लम्बियो निषेधाज्ञा काठमाडौं। बैतडीमा गत वैशाख २० गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी साउन १५ गतेसम्म थपिएको छ। आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा साउन १५ गतेसम्म लम्ब्याएको हो। कोरोना संक्रमितको संख्या बढिरहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। जिल्लाभित्र सार्वजनिक तथा निजी भाडाका सवारी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्