लामो दूरीका सार्वजनिक सवारीले उपत्यका प्रवेश पाउने काठमाडौं। लामो दुरीका सार्वजनिक सवारीले स्वास्थ्य मापदण्ड पुरा गरी उपत्यका प्रवेश गर्न पाउने भएका छन्। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबारको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएका सार्वजनिक यातायातलाई उपत्यका प्रवेशको अनुमति दिने निर्णय गरेका छौँ।’ निरौलाकाअनुसार बैठकले निषेधाज्ञा साउन १० सम्म लम्ब्याउने निर्णय गरेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्