पूर्व मन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश काठमाडौं। सर्वोच्च अदालतले जातीय विभेद गरी कोठा नदिएको घरबेटीलाई छुटाउन सहयोग गरेकोमा पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएको छ। बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नकुल सुवेदीको इजलासले सञ्चारकर्मी रुपा सुनारले दिएको जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र प्रहरी वृत्त सिंहदरबारलाई आदेश दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्