आजको मौसमः यी प्रदेशमा छ चट्याङ र बाढीपहिरोको जोखिम काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो लुम्बिनी तथा गण्डकी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ।राति प्रदेश–२, गण्डकी,लुम्बिनी तथा सुदूरपश्चिममा वर्षाको सम्भावना छ। “पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ”, महाशाखाले भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्