विद्यालय–कलेज अझै १० दिन खोल्न नपाइने, परीक्षा भने भौतिक उपस्थितिमा लिन सकिने काठमाडौं।कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा अझै १०दिन विद्यालय तथा कलेजहरुमा भौतिक उपस्थितिमा अध्ययन/अध्यापन गराउन नपाइने भएको छ।काठमाडौं उपत्यका तीन वटा जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेशमा सो कुरा समेटिएको छ।गत वैशाख १६ गतेबाट उपत्यकामा निषेधाज्ञा सुरु भएसँगै भौतिक उपस्थितिमा अध्ययन/अध्यापन निषेध गरिएको हो।लिखित–प्रयोगात्मक परीक्षाहरु भने ठूलो हलमा २५ जनाभन्दा बढी मानिस जम्मा नहुने गरी लिन सकिने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्