नेपाली सेनाद्वारा ‘खुलालु–लैफु–सलीसल्ला’ सडक खण्ड हस्तान्तरण काठमाडौं।नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएको कर्णाली करिडोर अन्तर्गत खुलालु–लैफु–सलीसल्ला सडक खण्डको कार्य सम्पन्न भएको छ।सो सडकसेनाले हिल्सा–सिमिकोट सडक आयोजनाका योजना प्रमुख विष्णुदास लामालाई हस्तान्तरण गरेको छ। नेपाली सेनाका कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी मिलन कार्कीले सडक हस्तान्तरण गरेका हुन्। २०७१ चैत्र ९ गतेबाट निर्माण सुरु गरिएको उक्त सडकको लम्बाई १२२.७५ किलोमिटर र चौडाई ६ मिटर रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्