जर्मनीमा भारी वर्षापछि आएको बाढीमा मर्नेको संख्या ८० पुग्यो, सयौं बेपत्ता
बीबीसी। जर्मनीमा भारी वर्षापछि आएको बाढीमा मर्नेको संख्या ८० नाघेको छ। घटनामा सयौंको संख्यामा बेपत्ता भएका छन्। एक दशकमा जर्मनीमा यसपटक सबैभन्दा डरलाग्दो बाढी आएको बताइएको छ। बाढीले जर्मनीमा सबैभन्दा बढी असर राइनल्याण्ड–पलाटिनेट र उत्तरी राइन–वेस्टफेलिया प्रान्तमा गरेको छ। कयौं घर र गाडी बाढीले बगाएको छ। छिमेकी राष्ट्र बेल्जियममा पनि बाढीमा परी ११ जनाको मृत्यु भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्